
हुम्ला, १९ फागुन । हिमाली जिल्ला हुल्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मङ्गलबारदेखि निरन्तर हिमपात हुँदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन अस्तव्यस्त भई दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो ।
शुक्रबार विमानस्थलको हिउँ पन्छाएपछि शनिबारदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भरेका हुन् । नेपाल एयरलाइन्सले आज नेपालगञ्जबाट हुम्लाको लागि उडान भरेको हो । आज निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट नेपाल खाद्य संस्थानको चामल ढुवानी गरेको सिमकोट विमानस्थलका कर्मचारी राजबहादुर बोहराले बताए ।
जिल्लामा चार दिनसम्म हवाई उडान नहुँदा सिमकोटमा दैनिक उपभोग्य सामग्रीको समेत अभाव हुँदै आएको थियो । कुखुराको मासु, माछा, तरकारी, तेललगायत अन्य सामग्री नेपालगञ्ज र सुर्खेतबाट हुम्ला भित्रने गरेको थियो । रासस
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन