February 23, 2019

स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी

 

 फाल्गुन ११,काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन  २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो । ‘त्रिविले नियमित लातिकाअनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यपक सुधा त्रिपाठीले भनिन्, ‘फागुनबाटै परीक्षा सुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा छौँ ।’

त्यस निम्ति त्रिविका विभिन्न संकायका डिन, क्याम्पस प्रमुखलगायत सरोकार निकायसँग छलफल अघि बढाएको उनले बताइन् । ‘त्रिविले वैशाखमा हुने गरी स्ववियु चुनावको तालिका सार्वजनिक गर्छ,’ त्रिपाठीले भनिन्, ‘चुनावमा कुन विद्यार्थी संगठन सहभागी हुने नहुने भन्ने उनीहरुले नै निर्णय गर्ने हो ।’ हरेक दुई वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर