February 19, 2019

गत वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार, यो वर्ष ६० हजार घूससहित पक्राउ

 

फागुन ७, महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख इन्जिनियर बजागाईंलाई सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका छन् ।

तर उक्त सम्मान पाएको एक वर्षमै उनी ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । बेलौरी नगरपालिकाका सबइन्जिनियर बजगाईंलाई ६० हजार घूससहित रंगेहात अख्तियारले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले बजगाईंलाई नगद ६० हजार घूससहित आइतबार पक्राउ गरेको थियो । 

कल्भर्ट निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घूस लिइरहेका अवस्थामा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर