भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार विहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–शनिवार साँझ उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । सोमबार सुदुरपश्चिमी भेगमा मौसमको प्रत्यक्ष प्रभाव देखिने र क्रमशः अन्यत्र प्रभाव फैलिने अर्यालले बताउनुभयो । ‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार बिहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–मौसमविद् मीनकुमार अर्याल मेघ गर्जनसहितको मध्यम र हल्का वर्षा दोहोरिने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।
गत मंगलबार भित्रिएको भू–मध्यसागरको वायुको प्रभावले शनिवार अबेरसम्म मौसम प्रत्यक्ष प्रभावित भयो । शनिवार अबेरसम्म देशभरि नै हिउँदे झरीको प्रभाव परेको महाशाखाले जनाएको छ । शनिबार साँझ सार्वजनिक मौसमी विवरणअनुसार पोखरामा १९, डडेलधुरामा १० दशमलव ९, ताप्लेजुङमा ७ दशमलव ४ र जुम्लामा ५ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । यसै गरी काठमाडौं उपत्यकामा ४ दशमलव १ मिलिमिटर र अन्यत्र पनि मध्यम र हल्का वर्षा भएको महाशाखाले जनाएको छ । केही दिनअघि देशभर पानी पर्दा ठाउँ ठाउँमा हिमपात भएको थियो । आजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर