भन्सार छली गर्ने अधिकृतसहित आठविरुद्ध साढे ७ कराेडकाे मुद्दा

न्यून बिजीकरण गरी भन्सार छली गरेको आरोपमा कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन अधिकृत पवित्रकुमार खड्का र नायब सुब्बा धीरजकुमार थापासहित आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्धको मुद्दामा सात करोड ५९ लाख ६३ हजार एक सय ९० रुपैयाँ बिगो दाबी गरिएको छ ।

akhtiyar_Khzs9rTFtY

मितेरी इन्टरनेसनलका सञ्चालक सुमन श्रेष्ठ, कर्मचारी रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ र न्यून बिजीकरणमा संलग्न आकाश श्रेष्ठ, निरञ्जन त्रिपाठी र डम्बरबहादुर श्रेष्ठलाई पनि विपक्षी बनाइएको छ । उनीहरूविरुद्ध गत २४ मंसिर राजस्व अनुसन्धान विभागले जिल्ला अदालतमा राजस्व छली मुद्दा दायर गरेको थियो । विभागकै अनुसन्धान प्रतिवेदनका आधारमा थप छानबिन गरी आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र व्यवसायी मिलेर राज्यलाई घाटा हुने काम गरेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

भन्सार कार्यालयका कर्मचारीसँग मिलेर न्यून मूल्यांकन गरी एडिडास ब्रान्डका कपडालाई बच्चाको कपडा भनेर मूल्यांकन गरिएको थियो । गत भदौमा विभागले कपडाका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर