अब प्रत्येक प्रहरी चौकीमा एक मोटरसाइकल, पाँचवटा ‘वाटर क्यानन’ खरिद

माघ २९ , काठमाडौं : प्रहरी प्रधान कार्यालयले ‘एक प्रहरी चौकी एक मोटरसाइकल’को अवधारणा अघि सारेको छ । साधन स्रोतको अभावमा प्रहरी गतिविधि गर्न असहज भएपछि प्रहरी प्रधान कार्यालयले एक प्रहरी चौकी एक मोटरसाइकलको अवधारणा अघि सारेको हो । 

विगतको तुलनामा सडक सञ्जाल विस्तार भएको र अधिकांश स्थानमा मोटरसाइकल गुड्नसक्ने अवस्था भएकाले आवश्यक तयारी भइरहेको प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले बताए । प्रहरी प्रधान कार्यालयका अनुसार एक प्रहरी चौकी एक मोटरसाइकलको अवधारणा अनुसार ३४० वटा मोटरसाइकलका लागि विनियोजन भएको बजेट अनुसार खरिद कार्यको बोलपत्र मूल्यांकनको चरणमा रहेको छ ।

एसएपी सुवेदीले भने, ‘‘कम्तीमा एक मोटरसाइकल अनिवार्य भन्ने हो । बढी पनि हुनसक्छन् । अपराधीहरुले पनि अपराधको तरिका परिवर्तन गरेको, कतिपय अवस्थामा तत्काल प्रहरी पुग्नुपर्ने अवस्थाका लागि मोटरसाइकलको अवधारणा अघि सारेका हौं ।’’ पछिल्लो एक वर्षमा १८ वटा चार पाङ्ग्रे सवारीसाधन र १००० वटा मोटरसाइकल खरिद गरी प्रहरी कार्यालयहरुमा वितरण गरेको एसएसपी सुवेदीले बताए ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी कारबाही मानव अधिकार मैत्री बनाउन पाँच वटा ‘वाटर क्यानन’ खरिद गरिएको छ भने थप दुईवटा किन्ने प्रक्रिया सुरु भएको छ । यस्तै ३० थान सवारी कारकेड मोटरसाइकल खरिदको बोलपत्र मूल्यांकन सम्पन्न गरी खरिद सम्झौता गर्ने तयारी भइरहेको एसएसपी सुवेदीले बताए । 

बेरुजु फर्छ्योटमा प्रहरी अगाडि 
अन्य सरकारी कार्यालयको तुलनामा प्रहरी प्रधान कार्यालय बेरुजु फर्छ्योटमा अगाडि रहेको प्रहरी प्रधान कार्यालयको दाबी छ । गत आर्थिक वर्षमा नेपाल प्रहरीको नाममा कायम रहेको कुल बेरुजु ६८ करोड ४१ लाख ७० हजारमध्ये ५८ करोड २५ लाख १८ हजार ४०५ (८५.१४५) फर्छ्र्योट गरिएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बेरुजु फर्छ्योटलगायतका कार्यले प्रहरी पारदर्शी बन्दै गएको दाबी आईजीपी सर्वेन्द्र खनालले गर्दै आएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ६० प्रतिशत बेरुजु फर्छ्र्योट गर्ने लक्ष्य लिइएको र हालसम्म ५०.६१ प्रतिशत फर्छ्र्योट भएको छ । 

प्रहरी प्रधान कार्यालयको विगतका आर्थिक वर्षहरूका बेरुजु रकम ६ करोड ९१ लाख १६ हजार १५५ रुपैयाँ महालेखा परीक्षकको कार्यालयमा सम्परीक्षणको लागि पेश गरिएको बताएको छ । १२ वटा हेभी, ९६ वटा लाइट र १६७ वटा मोटरसाइकल लिलाम गरी ४३ वटा गाडी खरिदका लागि १५ करोड ३० लाख बराबरको स्रोत निश्चित गरेर बोलपत्र आव्हान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षमा नयाँ दरबन्दीसहितको प्रहरी कार्यालयका लागि ६३ करोड ४७ लाख थप बजेट निकासा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन