सेलमा किनेको औंठीले यसरी करोडपति बनायो

३० वर्षअगाडि एक महिलाले एउटा औंठी किनेकी थिइन् । त्यति बेला कुनै दिन त्यही औंठीले नै उनी करोडपति बन्नेछिन् भन्ने उनलाई थाहा थिएन । वास्तवमा डेब्रा नामकी ती महिलाले एक सेलबाट १० पाउन्डमा उक्त औंठी किनेकी थिइन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

hira_umN8Pc349j

काँचको औंठी ठानेर उनले १५ वर्षेदेखि लगाएकी पनि थिइनन् तर आवश्यक परेर जब उनी त्यसलाई बेच्न गइन्, त्यतिबेला थाहा भयो , त्यो २६ दशमलव २७ क्यारेट हिराको औंठी रहेछ । लिलाममा त्यसको मूल्य ६ लाख ५६ हजार ७ सय ५० पाउन्डसम्म पुग्यो ।

डेब्राकी आमासँग एक ठगले पैसा खाएका थिए, त्यसपछि उनी पैसाको आवश्यक भएर औंठी बेच्न गएकी थिइन । उनले भनिन्, ‘यो औंठी केही डलरमा बिक्री होला र मेरो काम चल्नेछ भन्ने मलाई लागको थियो । गहना पासलेले अत्यन्त आश्चर्य मानी सोधे, थाहा छ यो के हो ? यो हीरा हो । म यति खुशी भएँ कि मलाई थाहा छैन त्यसलाई कसरी व्यक्त गरुँ ।’ 

औंठीको मूल्य थाहा भएपछि डेब्राले त्यसलाई लिलाम गर्ने निर्णय गरिन् । लिलामको मूल्य र कर तिरेपछि डेब्राले करिब ६० लाख डलर प्राप्त गरेकी थिइन् । उनी आफ्नो घरमा करिब २० बच्चाको रेखदेख पनि गर्छिन् । उनले भनिन्, ‘यो हाम्रो राम्रो कामको फल हो ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर