दाङमा बन्दुक बनाउने कारखानामा प्रहरीको छापा

दाङ,माघ २० : दाङमा प्रहरीले ठूलो परिमाणमा हतियार बरामद गरेको छ।

नेपाल–भारत सीमा नाका अन्तरगतको दाङको भौवा नाकाबाट गएराति प्रहरीले ठूलो परिमाणमा हातहतियार फेला पारेको हो।

‘त्यहाँ त हतियार बनाउने कारखाना नै रहेछ,’एक प्रहरी अधिकारीले भने ‘त्यहीँबाट हतियारको कारोबार हुँदो रहेछ।’

भौवा नाकामा अवैधरूपमा हातहतियार बनाइने भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाले गएराति हतियार बनाउने कारखानमा छापा मारेको ती प्रहरी अधिकारीले जानकारी दिए।

राजपुर गाउँपालिका वडा नं. ७ मा भौवा नाका अवस्थित छ। यही नाकाबाट हातहतियार नेपालमा भित्रने गरेको, चोरी शिकारी बढेको तथा गुन्डागर्दी गर्नेदेखि विप्लवका कार्यकर्ताले पनि हातहतियार यही नाकाबाट ओसार प्रसार गर्दै आएको प्रहरीको दाबी छ।

प्रहरी स्रोतका अनुसार प्रहरीले एकै स्थानबाट ७ थान भरुवा बन्दुक, दुई दर्जन बढी बन्दुक बनाउन प्रयोग गरिने नाल, एउटा रिभल्वर (सिक्सर पेस्तोल) र एउटा नलकटवा पेस्तोल बरामद गरेको छ।

दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले पनि ठूलो सो तथ्य सही भएको जिकिर गरे।

उनले यसबारे दिउँसो पत्रकार सम्मेलनमार्फत् थप विवरण सार्वजनिक गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन