अर्घाखाँची जिल्लाकै अति विकट ठाउँ हो सिद्धारा तारिके । यहाँ स्कुल छैन । चार घण्टा टाढाको हर्रेमा छ, जनजागृति माध्यमिक विद्यालय । त्यो स्कुल धाउनुको विकल्प सुन्दरसँग छैन ।
उनी उठ्नेबित्तिकै गाँस टिपेर हिँड्छन् । स्कुल पुग्दा थकान र भोकले बेहाल भइसकेका हुन्छन् । फर्किंदा रात परिसकेको हुन्छ । झुल्दै गाँस टिपेर निदाउँछन् । जंगलको बाटोमा उनलाई स्कुल पुर्याउने पनि कोही छैन । न त कोही साथी नै छन् । बुबा विदेशमा छन् । आमा दोस्रो विवाह गरेर गइन् । सुन्दर हजुरआमासँग बस्छन् ।
जनजागृति स्कुलमा पढ्ने उनका अरु साथी पनि घण्टौं हिँडेर आउँछन् । केहीले पाँच घण्टा पनि हिँड्नुपर्छ । काठे खोलाका ६ वर्षका कमलबहादुर नेपाली, राजु नेपाली, गोपाल नेपाली दैनिक पाँच घण्टा हिँडेर स्कुल आउने शिक्षिका देवी पोख्रेल पौडेलले बताइन् । तर उनीहरूले सुन्दरले जस्तो जंगलको बाटो हिँड्नु पर्दैन ।
उज्यालो हुनेबित्तिकै भात खाएर स्कुल हिँड्नुपर्छ । पुग्दानपुग्दै भोक लाग्छ । विद्यार्थीले भोको पेट पढ्न नसक्ने भएपछि स्कुलले टिफिन बक्सको व्यवस्था गरेको छ । तर टाढाका केटाकेटी आइपुग्दा टिफिन बक्स रित्तो भइसक्ने प्रधानाध्यापक मणिराम पोख्रेल बताउँछन् । याे समाचार प्रेमनारायाण आचार्यले अन्नपूर्णमा लेखेका छन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर