बी एन्ड सीपीडित भन्छन्, ‘अव फर्केर जान नपरोस्’

माघ १३, काठमाडौँ – झापा मेचीनगर—५ का धनप्रसाद भण्डारी गिरी मोटरसाइकल दुर्घटनामा घाइते भए। उनलाई बी एन्ड सी अस्पताल भर्ना गरियो। अस्पतालमा २० दिन बसेपछि गत बिहीबार उनको मृत्यु भयो। परिवारले सात लाख ७५ हजार नगद बुझाएर शव लगे।

५४ वर्षे गिरीको दाहिने खुट्टा भाँचिएको थियो। उपचारपछि डिस्चार्ज गर्ने तयारी हुँदै थियो। अचानक उनको मृत्यु भएपछि मेची नगरका तीन सय स्थानीयबासीले अस्पतालसँग कारण खोजे। तर अस्पतालले चित्तबुझ्दो जवाफ दिएन। आफन्त शव बुझ्न बाध्य भए। अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप परिवारले लगाएको छ। हृदयघातका कारण उनको मृत्यु भएको दाबी अस्पतालले गरेको छ। तर, छोरा विनोदले अस्पतालको लापरवाहीकै कारण बुबा गुमाउनु परेको बताए। उनले भने, ‘निको भयो भनेर डिस्चार्ज दिने तयारी हुँदाहुँदै बुबा बित्नु भयो। यसमा डाक्टरको गम्भीर लापरवाही छ।’

‘अब कहिल्यै पनि फर्किएर आउन नपरोस्,’ उनले थपे।

बी एन्ड सीजस्ता केही अस्पताल मेडिकल कलेज चलाउने पाइपलाइनमा छन्। इलाममा १६ औं सत्याग्रह सुरु गर्नुअघि डा। गोविन्द केसीले त्यस्ता अस्पताललाई भनेका थिए, ‘बिरामीलाई सर्वसुलभ स्वास्थ्य सेवा दिनुस् तर मेडिकल कलेजका लागि पर्खनुस्।’

तर एन्ड बीजस्ता अस्पतालको सेवा सर्वसुलभ छैन। तिनले अत्याधुनिक सेवाको दाबी त गर्छन् तर स्वास्थ्य सेवा त्यस्तो छैन। पूर्वको झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लाबाट बी एन्ड सी पुगेका कतिपय सेवाग्राहीले उपचारका नाममा घरबार र भएभरको सम्पत्ति मात्रै सकेका छैनन्, परिवारका सदस्य पनि गुमाएका छन्। त्यसैले उनीहरु फेरि फर्केर आउन नपरोस् भन्ने कामना गर्छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राधा खनालले भद्रपुर, तोयानाथ भट्टराईले इलाम र सीताराम गुरागाईंले ताप्लेजुङबाट लेखेका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो काठमाडौँ । नेपालमा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल