सर्वोच्चको अन्तरिम आदेशको पालना नगरेको भन्दै सञ्चारमन्त्रीविरुद्ध अवहेलना मुद्दा

 
माघ १०, काठमाडौं – नेपाल टेलिकम अन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीमा रहेका पुराना ब्याट्री नचलाउन सर्वोच्च अदालतबाट दिएको अन्तरिम आदेशको पालना नगरिएको भन्दै सूचना तथा स‌ंचार मन्त्री गोकुल बास्कोटा  र नेपाल टेलिकमविरुद्ध बुधबार अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

सर्वोच्चबाट अन्तरिम आदेश जारी भएकै अबस्थामा सामान उठाउन थालेपछि विवादको रुप लिएको हो । स्क्राप वाई एण्ड सेल्स फर्मले मन्त्री  र टेलिकमलाई कारवाहीको मागसहित मुद्दा दर्ता गरेको हो । यो समाचार आजको अन्नपूर्ण  पोस्ट् दैनिकमा छ । 

पुराना ब्याट्री उठाउनका लागि धेरै रकम कबोल गरे पनि निर्देशनालयले कानुनविपरित अर्को कम्पनीसँग सम्झौता गरेको दाबीसहित गत महीना सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । 

उक्त रिट विचाराधीन रहेकै अबस्थामा निर्देशनालयले कम रकम कबोल गर्ने अर्को देपुटा इन्टरनेशनल कम्पनीसँग सम्झौता गरेको दाबीसहित स्क्राप वाई फर्मले पुनः अर्को रिट निवेदन दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर