मेलम्ची खानेपानी आयोजनाः सिएमसीसँगको ठेक्का रद्द

Image result for मेलम्ची खानेपानी आयोजना

माघ ७, काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको इटालियन कम्पनी सिएमसीसँग ठेक्का रद्द गरेको छ ।

स्वदेश फर्किएका सिएमसी दी रेभेन्नाका ठेकेदारसहितको टोलीले सरकारले दिएको निश्चित समय सकिँदा पनि सम्पर्कमा नआएका कारण ठेक्का रद्द गर्ने निर्णय गरिएको हो ।

सरकारको ताकेतालाई कम्पनीले अटेर गरेपछि आइतबार सरकारले ठेक्का रद्द गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै सिएमसीले राखेको धरौटी जफत हुनेछ भने आयोजनाको बाँकी काम सरकार आफैँले गर्नेछ ।

आफू टाट पल्टेको घोषणा गरेर स्वदेश फर्किन लागेको कम्पनीको टोलीलाई सरकारले पासपोर्ट जफत गर्दै नेपालमै रोकेको थियो।

नेपालमै कर्मचारी रोकिएपछि सिएमसीले धरौटी रोक्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। अदालतले अन्तरिम आदेश जारी गरेलगत्तै कम्पनी सरकारको सम्पर्कमा समेत आएको थियो। सिएमसी र सरकारका बीचमा अदालत र वार्ताको प्रक्रिया चलिरहेको छ।

सरकारले यसअघि नै धरौटी जफत गर्ने तयारी गरेको थियो। तर उनीहरुले फर्कने बाचा गरेपछि सरकार पछि हटेको थियो । आयोजनाको काम सकेसम्म पुरानै कम्पनीबाट सम्पन्न गर्ने मनसाय राखेको सरकारले पटकपटक आग्रह गर्दा पनि उसले वेवास्ता गरेपछि यस्तो निर्णय लिएको हो ।

खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ।

हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय खर्च भने ८४ प्रतिशत मात्रै भएको छ। सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड पुर्‍याइएको आयोजनाका लागि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको