एनआईसी एशियालाई ऐतिहासिक सफलता

 माघ ३,काठमाडौं : एनआईसी एशिया बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकका वित्तीय विवरणका परिसूचक अत्यन्त उत्साहजनक छन् ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १ सय ७२ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड रुपैयाँले वृद्धि गरी २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै गरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १ सय ६४ प्रतिशत अर्थात् ९४ करोडको वृद्धिसहित १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । 

गतवर्षको सोही अवधिको खुद मुनाफा ५७ करोड १८ लाख रहेको थियो । बैंकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत अर्थात् ७४ अर्ब रुपैयाँको वृद्धि गरी वासलातको आकार २ खर्ब १४ अर्ब रुपैयाँ पुर्याएको छ । 

जसअन्तर्गत कर्जातर्फ ४८ अर्ब वृद्धि गरी १ खर्ब ४९ अर्ब र निक्षेप संकलनतर्फ ५५ अर्र्बको वृद्धि गरी १ खर्ब ७५ अर्ब अर्ब पुगेको छ । उक्त वृद्धि नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बंैकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि रहेको बैंकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको