कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार

पुस ३०, भद्रपुर : कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। 

घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ वर्षीय घरबहादुर लिम्बू र फरार भएकामा सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी हुन्। 

राजवंशी भारतको सीमाना नजिकै भएकाले उतैतर्पm भागेको प्रहरी आशंका छ। उनको खोजी कार्य पनि पारिएको श्रेष्ठको भनाइ छ। 

प्रहरीका अनुसार गत आइतबार दुईजना किशोरीलाई ती युवकले कोक खान जबरजस्ती गरेपछि किशोरीले पहिलेदेखि चिनजानको आधारमा उनीहरुको कुरा स्वीकार गर्दै कोक खाएका थिए। किशोरले गलत नियतले कोकमा रक्सी मिसाएको कुरा भने युवतीले पत्तो पाएनन्।

प्रहरीका अनुसार दुई किशोरी मध्ये एकलाई बढी नशा लागेको चाल पाएपछि युवकले नजिकैको जंगलमा लगेर बलात्कार गरेका हुन्।  किशोरीलाई बेहोश बनाएर उनीहरु जंगलबाटै फरार भएका थिए। 

साँझसम्म दुवै किशोरी घर नफर्केपछि परिवार खोजतलास गरेका थिए। बलात्कारबाट जोगिएकी किशोरी घर आएपछि बलात्कारको घटना सार्वजनिक भएको हो। परिवारले उक्त घटना थाहा पाएपछि महेशपुर प्रहरी चौकीमा जानकारी गराएका थिए। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा यो समाचार  छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर