सरकारी स्वामित्वको कृषि समाग्री कम्पनीको मलमा छल

 

काठमाडौं – सरकारी स्वामित्वको कृषि समाग्री कम्पनीले रकमको चलखेल गर्न मल आपूर्ति गर्ने ठेकेदार कम्पनीलाई आफूखुसी म्याद थप्दै आएको छ । 

यसरी म्याद थप्दा एकातिर मल चाहिने बेलामा किसानले चर्को अभाव बेहोर्छन् । अर्कोतिर लाखौँ रुपैयाँ घोटाला हुन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

कृषि समाग्रीमा जानाजान हरेक आपूर्तिकर्ता कम्पनीलाई पटकपटक म्याद थप्ने गरको छ । 

कृषि तथा पशुपक्षि विकास मन्त्रालयले कूल खपतको करिब ७५ प्रतिशत मलको आयात बिक्री वितरण गर्ने जिम्मा कृषि सामाग्री कम्पनीलाई दिएको छ । नियतवशः कृषि सामाग्री कम्पनीले समयमा मल आपूर्ति नगर्दा अहिले देशभरि गहुँबालीलाई चाहिने युरियाको चर्को अभाव छ ।

‘डलरको चलखेलमा आफूखुसी सम्पूर्ण आपूर्तिकर्तालाई पटक पटक म्याद थप्दा निर्धारित बाँलीको बेलमा कहिल्यै मल आपूर्ति हुँदैन,’ कम्पनी स्रोतले भन्यो । स्रोतका अनुसार यसरी पटक पटक म्याद थप्दा प्रतिमेट्रिक टनमा २५ देखि ३० डलर खेल हुन्छ । 

यसरी मेट्रिक टनमा आएको ३० डलर कृषि सामाग्री उच्च अधिकारीदेखि कृषि तथा पशुपक्षी मन्त्रालयका अधिकारीसम्म भागबनडा लाग्ने गरेको स्रोतले दाबी 
छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर