
काठमाडौं, २१ पुस । व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन् । सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन् ।
सर्वोच्चको आदेशसँगै सुमार्गी आफ्नो रोक्का रहेको रकम भुक्तानी गर्दै इन्भेष्टमेन्ट बैंक पुगेका थिए । उक्त बैंकले भुक्तानीका लागि केही दिनको समय मागेको थियो । तर, सुमार्गीले ताकेता गरेपछि बैंकले उनको खातामा रहेको रकम लैजान बाटो खुला गरिदिएको बैंक स्रातले बतायो ।
‘अदालतको आदेश पालना नगरे अपहेलना मुद्दा हाल्ने धम्की आएपछि सुमार्गीको रकम इन्भेष्टमेन्ट बैंकले फुक्का गरिदिएको हो,’ बैंक स्रोतले भन्यो, ‘इन्भेष्टमेन्ट बैंकले सुमार्गीको खातामा रहेको रकम भुक्तानी गर्न राष्ट्र बैंकको अनुमति मागेको थियो । तर, राष्ट्र बैंकले निर्णय ढिला गरेपछि इन्भेष्टमेन्ट बैंक स्वयंमले भुक्तानी दिएको हो ।’
अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योगको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न राष्ट बैँकलाई अल्पकालिन अन्तरिम आदेश दिएको थियो । नागरिक दैनिकमा खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर