काशि तिवारी हत्याकाण्डका आरोपी मेयर कुशहवालाई सफाई

 

पुस १३, काठमाडौँ । हिन्दू युवासंघ पर्साका संस्थापक अध्यक्ष काशि तिवारीको हत्या अभियोगमा पक्राउ परेका सियाराम कुशवाहले सफाई पाएका छन् ।

काशि हत्या काण्डमा वैशाख २७ देखि थुनामा रहेका रौतहटको कटहरिया नगरपालिकाका मेयर तथा नेकपाका नेता कुशवाहलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदाप्रसाद अधिकारी र डम्बरबहादुर शाहीको इजलासले सफाइ दिएको हो । उनलाई अन्य मुद्दामा थुन्नु नपर्ने भए शुक्रबार नै रिहा गर्न आदेश दिइएको छ।

उच्च अदालत जनकपुरको अस्थायी इजलासले तिवारीको हत्यामा दोषी ठहर गर्दै कुशवाहलाई २०७४ को २८ फागुनमा २० वर्ष जेल सजायको फैसला सुनाएको थियो। उच्च अदालत जनकपुरको फैसला उल्ट्याउँदै सर्वोच्चले कुशवाहलाई सफाई दिएको हो ।

काशी तिवारीको २०६७ असार १२ गते वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि