काशि तिवारी हत्याकाण्डका आरोपी मेयर कुशहवालाई सफाई

 

पुस १३, काठमाडौँ । हिन्दू युवासंघ पर्साका संस्थापक अध्यक्ष काशि तिवारीको हत्या अभियोगमा पक्राउ परेका सियाराम कुशवाहले सफाई पाएका छन् ।

काशि हत्या काण्डमा वैशाख २७ देखि थुनामा रहेका रौतहटको कटहरिया नगरपालिकाका मेयर तथा नेकपाका नेता कुशवाहलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदाप्रसाद अधिकारी र डम्बरबहादुर शाहीको इजलासले सफाइ दिएको हो । उनलाई अन्य मुद्दामा थुन्नु नपर्ने भए शुक्रबार नै रिहा गर्न आदेश दिइएको छ।

उच्च अदालत जनकपुरको अस्थायी इजलासले तिवारीको हत्यामा दोषी ठहर गर्दै कुशवाहलाई २०७४ को २८ फागुनमा २० वर्ष जेल सजायको फैसला सुनाएको थियो। उच्च अदालत जनकपुरको फैसला उल्ट्याउँदै सर्वोच्चले कुशवाहलाई सफाई दिएको हो ।

काशी तिवारीको २०६७ असार १२ गते वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद