December 29, 2018

यी हुन् आफ्नै पौरखले उद्यममा चम्केका नेपाली महिला

 

पुस १४,
 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा ।

काठमाडौं । देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् । 

राणा जस्तै उद्यममा चम्केका महिला भने अरु पनि छन् । कसैले पाँच तारे होटल चलाएका छन्, कसैले उत्कृष्ट बुटिक, कोही विश्वका प्रिमियर ब्राण्ड हाँकिरहेका छन् ।

कतिपयले पारिवारिक बिरासत थेगेका छन् । कसैले आफैँ व्यवसाय थालेर देखिने उन्नती गरेका छन् । उमेरले तीन दशक नपुगेका युवा महिलादेखि आठ दशक पार गरेका वृद्धासम्म उद्यममा चम्केका छन् । 

भवानी राणा, सिर्जना ज्योति, ज्योत्स्ना श्रेष्ठ, कमला श्रेष्ठ, शारदा रिजाल, रितुसिंह बैद्य, सीमा गोल्छा, सिर्जना राणा, छाया शर्मा, अजुला आचार्य, श्वेता खड्का, रीता भण्डारी, विदुषी राण, अन्जना ताम्राकार, मेघा चौधरी, अम्बिका श्रेष्ठ, प्रमिला आचार्य, आश्था र आरजु बस्नेत, शोभा गुरुङ, सुरुचि ज्योति, नीरा श्रेष्ठ, लतिका गोल्यान, एकता गोल्छा लगायतका महिला नेपालका सफल उद्यमी हुन् ।

कतिपय महिला त देशमा नयाँ व्यवसायको ट्रन्ड सेन्टर र नयाँ पुस्ताको प्रेरणासमेत बनेका छन् ।

छोरीलाई विदेशमा पढाएर दक्ष बनाउने र स्वदेश फर्काएर व्यवसाय जिम्मा लगाउने घराना पनि बढ्दैछन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल