काठमाडौं । गत साता सुधारिएको लयमा देखिएको सेयर बजारले आइतबार अझैं तंग्रिने संकेत देखाएको छ । नेप्से कारोबार सुरु भएको १ घन्टामै परिसूचक दोहोरो अंकले बढेको छ ।
ताजा कारोबारको अवस्था हेर्दा परिसूचक ११ दशमलव ९६ अंकले बढेको छ । हालसम्म बजारमा ८५ कम्पनीका करिब २ लाख कित्ता सेयर करिब ६ करोड रुपैयाँमा खरीदबिक्री भएका छन् ।