भूराजनीतिलाई सन्तुलन मिलाउन नसके संघियता खतरामा : सभामुख महरा

 

उदयपुर / संघीय संसदका सभामुख कृष्णबहादुर महराले भूराजनीतिलाई सन्तुलन मिलाउन नसके संघियता खतरामा रहेको बताए । उहाँले जिल्ला समन्वय समिति उदयपुरले मंगलबार गाईघाटमा आयोजना गरेको संविधान र संघीयता ः कार्यान्वयन र अन्तरसम्वध विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुखले यस्तो बताएका हुन् । नेपाल बहु भाषिक बहु सांस्कृतिक, विविधतायुक्त देश हो । तर, सवै जातजातिको अधिकारलाई सम्मान गर्न नसके देश अपठ्यारोमा फस्ने बताए । उहाँले संघीयता फर्किएला की भनेर चिन्ता लिन जरुरी नरहेको भन्दै संघीयता परिमार्जन र विकसित चाँही हुने तर, खारेज नहुने समेत बताए । उहाँले भने– ‘अहिले पनि खतरा के हुनसक्छ भने रहेको छ, आन्तरिक प्रजातन्त्र, लोकतन्त्र प्रसस्त रुपमा दिने तर भूराजनीतिलाई सन्तुलन मिलाउन नसके देश निकै ठूलो अपठ्यारामा पर्ने छ ।’

संघीयता लागु हुँदा पनि केही पुराना कानुनले समस्या पारेको उहाँ बताउुन हुन्छ । तीन सय भन्दा बढी कानूनमा छलफल नै हुन पाएको छैन् । कानूनको अभावमा संघ, प्रदेश र स्थानीय तह संचालनमा समस्या उत्पन्न भएको बताए । उनले ती पुराना कानुुनको समस्या संघीय संसदले विस्तारै हल गर्दै जाने बताए । उनले हाम्रो संघियता हाम्रो मौलिकतामा आधारित हुन्छ कि हुँदैन, त्यहाँ शंका रहेको बताए । संघीयता हाम्रो मौलिकतामा आधारित छ त्यो ठिक छ, तर हाम्रो मौलिकता कतौ खोसियो भने संघियता लागू हुन नसक्ने समेत बताए ।

उनले सरकारका कामहरु नै कठिनाई रहेकाले केही आलोचनाहरु आएको भएपनि सरकार सहि दिसाबाट अगाडी बढनु पर्ने बताउँनु भयो । सरकारलाई खबरदारी गर्ने र संविधान र संघीयता कार्यन्वयनको पाटोमा सहयोग गर्ने दायित्व अनुरुप काम भईरहेको बताए । कार्यक्रममा नगरपालिका चार नगरपालिका मेयर र उपमेयर, चार गाउँपालिका प्रमुख र उपप्रमुखको साथै सवै स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृत अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा अधिवक्ता काँशीराज दाहालले संघीय शासकको स्वरुप, अभ्यास, अवसर र चुनौतीको बारेमा र अधिवक्ता तथा संविधानसभा सदस्य रामबहादुर थापा मगरले संघीयताको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन