
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा पनि दुई रुपैयाँ घटाएको हो ।
नेपाल सरकार तथा निगम सञ्चालक समितिको २०७१ सालको निर्णय बमोजिन स्वतः सञ्चालित मूल्य संरचना अनुरुप सोमबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार ११४ रुपैयाँमा कारोबार भइरहेको पेट्रोलको मूल्य ११२ रुपैयाँ कायम हुनेछ भने १०१ मा कारोबार भइरहेको डिजेल/मट्टितेल ९९ रुपैयाँमा कारोबार हुनेछ ।
भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा दूई, डिजेलमा दुई र मट्टितेलमा दुई रुपैयाँ घटाएको निगमले जनाएको छ ।
यस्तै हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ । काठमाडौं उपत्यका बाहेक निगमको डिपो रहेका स्थानहरुबाट १५ किलोमिटर भित्रमा नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।

चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर