अष्ट्रेलियामा ‘बाढी र डढेलो’ आतंक

अष्ट्रेलियामा यस महिना प्राकृतिक प्रकोपको लहर देखा परेको छ।

गत हप्ता धुले आँधीले आक्रान्त बनेको अष्ट्रेलियाको जन–जीवन यतिबेला बाढी र डढेलोजस्ता प्राकृतिक प्रकोपले अस्तव्यस्त भएको छ।

अष्ट्रेलियाको क्वीन्सल्याण्डमा रहेका बाक्ला झाडीहरुमा बाक्लो डढेलो लागेका कारण बुधबार त्यहाँका हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

क्वीन्सल्याण्डमा यतिबेला विभिन्न १ सय ३० स्थानका बाक्ला झाडीहरुमा आगलागी भइरहेको छ। यस्तो खतरनाक अवस्था क्वीन्सल्याण्डमा यसअघि कहिल्यै नआएको त्यहाँका नागरिकहरुले बताएका छन्।

यसैबीच अष्ट्रेलियाको अर्को शहर सिड्नीमा बाढीले जन–जीवनलाई कष्टकर बनाएको छ। बाढीका कारण बाटोमा समेत पानी जमेको छ।

बाढीका कारण त्यहाँ ५ सयभन्दा बढी मानिसलाई आपतकालिन सहायता प्रदान गरिनुपर्ने अष्ट्रेलियाका संचार माध्यमहरुले जनाएका छन्।

सिड्नीको बाटामा बाढी पसिरहँदा त्यसबाट बच्ने क्रममा कार दुर्घटना समेत भएको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त