जग्गा कित्ताकाट: दलालदेखि हाकिमसम्मलाई घुस

मंसिर ९,काठमाडौं : सरकारले एउटा जग्ग बर्षमा एकपटकभन्दा बढी कित्ताकाट खण्डीकरण गर्न नपाईने भनेर रोक लगाए पनि दलाल, मालपोत र नापी कार्यलयका हाकिम तथ भुमि व्यवस्था मन्त्रालयका कर्मचारीले घुस खाएर सरकारी निर्णय उल्लंघन गर्दै आएका छन् । 

सरकारले गत बर्ष एउटा जग्गा एक बर्षमा एकपटक भन्दा बढी कित्ताकाट गर्न नपाइने निर्णय गरेको थियो । 

यो निर्णयबाट केही व्यवहारिक समस्या आएको गुनासो आएपछि भुमिम व्यवस्था मन्त्रालयको अंशबण्डा गर्नुपरेमा र अदालतको आदेशबाट भने एक आर्थिक बर्षमा एकपटकभन्दा बढी कित्ताकाट गर्न सकिने परिपत्र नापी र मालपोत कार्यालयहरुलाई पठाएको थियो ।

सोही परिपत्रमा टेकेर जग्गा दलाल र कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिएर जग्गा कित्ताबाट गर्दै आएको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा एउटा जग्गा एकपटक कित्ताकाट गर्दा दलालहरुले ५० हजारदेखि एक लाख रुपैयाँसम्म घुस लिन्छन् । 

यो घुस रकम दलालमार्फत कार्यालयका हाकिम र मन्त्रालयका कर्मचारीहरुसम्म पुग्छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर