प्रदेशसभा स्वतन्त्र उमेदवारको गोली हानी हत्या

 मङ्सिर ८ , कपिलवस्तु : गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उमेदवार रहेका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । 

जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका उनको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पुर्याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिए ।  

गोली प्रहार भएको स्थानमा गोलीका तीन÷चार खोका भेटिएको र केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । आन्तरिक झगडाका कारण तीन जनाको समूहमा आएका व्यक्तिले गोली हानी फरार भएको हुनसक्ने अनुमान गरिएको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि