वाइड बडी प्रकरण : पारदर्शिताको प्रश्नलाई असनबजारसँग जोडे

काठमाडौं, ८ मंसिर : ‘धेरैले मलाई अलि कडा र फ्र्यांक्ली बोल्छ भन्छन्। हजुरहरू नरिसाउने हो भने म फ्र्यांक्ली बोलूँ माननीयज्यू? ’ नेपाल वायु सेवा निगमका प्रबन्धनिर्देशक सुगतरत्न कंसाकारले सोधे। उनी संसदीय समितिमा वाइड बडी प्रकरणबारेको छलफलमा उपस्थित भएका थिए। ‘अहिले धेरै आएको शब्द हो, ट्रान्सपरेन्सी। म हजुरलाई सोध्छु यो पारदर्शिताको व्याख्या के हो ? मेरो सबै डकुमेन्ट असन बजारमा बाँडिदिने भन्या हो कि के हो ? ’

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वाइड बडी प्रकरणबारे शुक्रबार सम्बन्धित पक्षलाई छलफलमा बोलाएको थियो। पर्यटन, नागरिक तथा उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित मन्त्रालयका सचिव र कंसाकार समितिमा पुगेका थिए। सांसदहरूले उठाएका प्रश्नमा कंसकार अमर्यादित शैलीमा प्रस्तुत भएका थिए। अर्बौँ रुपैयाँ खर्च भएको विषयमा ठाडो जवाफ फर्काएपछि सांसदहरू उनीमाथि खनिएका थिए। अन्ततः कंसकारले माफी समेत माग्नुपर्‍यो।

‘एउटा पत्रिकाले वाइड बडीको लालपुर्जा छैन भनेर लेख्यो। हामी त्यो पढेर कोठाभित्र हाँसिरहेका थियौं। लालपुर्जा नभई उडान भर्नै दिँदैन’, समितिमा यो प्रकरणबारे प्रश्न उठेपछि कंसकारले भने। दुईवटा साप्ताहिक, एउटा दैनिक पत्रिका र एउटा टेलिभिजन निरन्तर निगमविरुद्ध लागेको उनको आरोप थियो। ‘यस्ता मिडियाका पछाडि नलाग्नुस्’, कंसकारले समितिका सदस्यलाई सल्लाह दिए, ‘अरु कसैले लेखेको छैन। लोकतन्त्रमा झुठो कुरा पनि लेख्न पाइन्छ। मलाई यस्ता कुरामा वास्ता छैन। हामी त्यस्ता समाचार पढेर हाँस्छौं।’

‘वाइड बडीको लालपुर्जा किन सार्वजनिक नगरेको ? ’ यो प्रश्न उठेपछि कंसकारले दुई पक्षबीचको खरिद सम्झौता अनुसार पत्र सार्वजनिक गर्न नमिल्ने जवाफ दिए। ‘पारदर्शिताको कुरा धेरै आएपछि मैले वकिलसँग पनि सल्लाह गरेँ’, उनले भने, ‘यो डकुमेन्ट असन बजारमा छरिदिन्छु भनेँ। उहाँहरूले मिल्दैन भन्नुभयो।’ अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएकाेे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर