७ मङ्सिर : बलिउड नायक शाहरुख खान अभिनीत चलचित्र ‘जिरो’को नयाँ गीत ‘मेरा नाम तु’ सार्वजनिक भएको छ। गीतमा स्वर अभय जोधापुरकरको रहेको छ भने सङ्गीत अजय-अतुलको छ। गीतको शब्द इर्शद कमिलले लेखेका हुन्।
फिल्ममा शाहरुखलाई एक पुड्को व्यक्ति बउवा सिंहको भूमिकामा प्रस्तुत गरिएको छ। कद होचो भएपनि ठूलो सपना देख्ने बउवाको दुई महिलाहरूसँगको प्रेम सम्बन्ध फिल्मको विषय बनाइएको छ । फिल्ममा शाहरुखले अनुष्का शर्मा र कट्रिना कैफसँग रोमान्स गरेका छन्।
अनुष्कालाई अपाङ्ग र सुस्त मनस्थितिको देखाइएको फिल्ममा कट्रिनालाई मोर्डन युवतीको रुपमा प्रस्तुत गरिएको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ।
पछिल्लो समय कुनै चलचित्रबाट पनि राम्रो सफलता हात पार्न नसकेका शाहरुखका लागि यो चलचित्र विशेष साबित हुनसक्छ । फिल्म आगामी २१ डिसेम्बरमा रिलिज हुनेछ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको