कोटेश्वर–कलङ्की सडकमा थप ६ आकाशे पुल

ललितपुर, मङ्सिर ७ :  कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप सात ठाउँमा आकाशे पुल बनाउन सरकारले शुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहलाई काठमाडौँ चक्रपथ सुधार योजनाले समन्वय गरिरहेको योजनामा कार्यरत इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताए । 

योजनाले नै थप सात स्थानमा आकाशे पुलको जिम्मेवारी लिएको छ । उनले भने, “तीमध्ये कुनैमा काम शुरु भयो कुनैमा हुने क्रममा छ, कुनैमा भने ठेक्का सम्झौता हुन नै बाँकी छ ।” चिनियाँ आफैँले कोटेश्वर, ग्वार्को र बागडोलमा आकाशे पुलको निर्माण गरिसकेको छ । सरकारले गर्ने भनिएका सात ठाउँका आकाशे पुल दुई वर्षमा सकिने योजनाले जनाएको छ । बालकुमारी, सातदोबाटो, एकान्तकुना र बल्खुमा आकाशे पुल निर्माण भइरहेको छ । 

शर्माले भने, “चारै स्थानमा जगको काम सकिएर पिलरको काम अघि बढेको छ ।” महालक्ष्मीस्थान र सानेपामा भने काम शुरु भइसकेको छैन । यी दुई स्थानमा ठेक्का सम्झौता भइसकेकाले केही समय पछि काम शुरु हुनेछ । नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकको ठेक्का सम्झौता आगामी डिसेम्वरमा सकिँदैछ ।  रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन