डडेलधुरामा स्कुल बस दुर्घटना : १८ जनाको मृत्यु , २७ घाइते (नामसहित)

मङ्सिर ७,काठमाडौं : डडेलधुरामा बिहीबार बेलुका स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । डडेलधुराबाट डोटीतर्फ जाँदै गरेको से १ क नम्बरको बस दुर्घटनामा परेको थियो । 

1065380479Dadeldhura-accident--

के आई सिंह राजमार्गअन्तर्गत डडेलधुराको रडुवा खोलामा बस दुर्घटनामा परेको र भीरबाट १०० मिटर तल खसेको ट्राफिक निर्देशनालयका डीआईजी पूर्णचन्द्र जोशीले बताए ।

जोशीका अनुसार डडेल्धुराको प्रसिद्ध उग्रतारा मन्दिरमा मेला भर्न गएर फर्किने बस दुर्घटनामा परेको हो । बसको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एक अधिकारीले बताए । ‘‘ब्रेक फेल भएको भन्ने कुरा आएको छ । अनुसन्धानकै क्रममा छौं,’’ ती अधिकारीले भने । 

दुर्घटनामा ५ जना महिला र १३ जना पुरुषको ज्यान गएको छ । मृतक १८ जनामध्ये १० जनाको सनाखत भएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए । सनाखत भएका मृतकहरुमा डडेल्धुराको नवदुर्गा गाउँपालिका– ३ का चक्रबहादुर धामी, डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–३ की १८ वर्षीया माया रावल, डोटीको दिपायल सिलगढी नगरपालिका–४ की शशि विक, दिपायल सिलगढी नगरपालिका–११ की २५ वर्षीया गोपा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल, ४० वर्षीय योगेन्द्र रावल रहेका छन् ।

यस्तै दिपायल सिलगढी नगरपालिका–१० का १६ वर्षीय रोहित वलायर, कैलाली गोदावरी नगरपालिका–१० का २३ वर्षीय पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका–३ चौपालका २० वर्षीय तिलक खाती र सोही स्थानका १७ वर्षीय टेक धामीको पनि सनाखत भएको छ । दुर्घटनामा २७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमा डडेल्धुरा गन्यापधुरा– ३ की मिना सार्की, सोही स्थानकी डम्मरी भूल, इन्द्र भूल, डोटी शिखर नगरपालिका–११ का नारद वलायर, विनोद किमाडी, संगिता विक, शिखर नगरपालिका –८ का महादेव रावत, बान्डुसैनका भिम बलायर, सरिता बलायर, सरिताकै १४ महिने छोरी सिभानी वलायर, शिखर नगरपालिका–१४ की राधिका धामी, डोटी बल्लेख गाउँपालिका–१ का लोक महरा, शिखर नगरपालिकाका भक्त वलायर, बल्लेख–१ का लोक महरा, शिखर–११ का भक्त वलायर रहेका छन् ।

यस्तै दिपायल सिलगढी नगरपालिका– ४ का नविन विक, डोटी गोपघाटका श्याम ओझा, शिखर–१० का रमेश धामी, डडेल्धुरा गन्याधुराकाका सुशिल बोहरा, गन्याधुरा–३ का रमेश भुल, सुनिता रावल, पुरन भुल, डोटी तिल्लतालीकी सोनिया रावल, डोटी बान्डुसैनका सन्तोष रावल, भरत वलायर, डडेल्धुरा नवदुर्गाका थानेश्वर अवस्थी, डोटी तल्लीखालकी हरिना बोहरा, डोटी वनलेककी सावित्रा धामी र दिपालय सिलगढी नगरपालिकाकी दिपा विक रहेका छन् । घाइतेहरुको उपक्षेत्रिय अस्पताल डडेल्धुरा, कैलालीस्थित सेती अञ्चल अस्पताल लगायत विभिन्न अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि