मंसिर ३, हङकङ । हङकङ तामाङ घेदुङको कार्यसमितिले पुर्णता पाएको छ । घेदुङले ११ जनाको पदाधिकारी सहित पूर्ण कार्यसमिति बनाएको हो।
११ नोभेम्बरमा भएको अधिवेशनले अध्यक्षमा विश्व घिसिङलाई मात्र सर्वसम्मत चयन गरेको थियो । प्राविधिक कारणवस उक्त अधिवेसनमा अध्यक्ष बाहेक अन्य पदाधिकारीलाई चयन गर्न नसकिएको हङकङ घेदुङले जनाएको थियो ।
बाँकि कार्यसमिति एक हप्तापछि विस्तार गर्ने योजना अनुसार समितिलाई पूर्णता दिइएको कुरा अध्यक्ष विश्व घिसिङले जानकारी गराए । घेदुङकाे उपाध्यक्षमा रमेश मोक्तान, शोभा योन्जन(महिला), महासचिवमा राज नेगि, सचिब कुमार पाख्रीन, कोषाध्यक्ष दिलिप थिङ, सह–कोषाअध्यक्ष प्रतिमा घिसिङ निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा कृष्ण थिङ, निल वाइबा,अनिता तामाङ, कृष्ण वाइबा रहेका छन । घेदुङको सल्लाकार समितिमा बिष्णु स्याङ्बो, प्रताप बम्जन, रोहित बल,कृस्ण ध्वज दोङ र अनु योन्जन रहेको घेदुङले जनाएको छ ।
घेदुङको प्रमुख संरक्षकमा बिनोद बल रहेका छन् । संरक्षक समितिको सदस्यमा प्रेम लामा, विस्णु पाख्रीन, जङधन थिङ, बाबुराम पाख्रीन, कृष्ण स्याङ्तान र कला तामाङ रहेका छन् ।
गत आइतबार याक एन्ड यती रेष्टुरेण्ट, जोर्डन हङकङमा हङकङ तामाङ घेदुङको ११ औं अघिवेशन भएको थियो । ।
अध्यक्षको उम्मेदवारीमा भवेश घिसिङले उम्मेदवारी दिऐपनि उनले समझदारीमा विश्व घिसिङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
हङकङ तामाङ घेदुङका कार्यबाहक अध्यक्ष युवराज लामाको सभाध्यक्षतामा उक्त अधिवेशन भएको थियो । अधिवेशनमा निर्वाचन मन्डलको संयोजक प्रेम लामा थिए । साथै,निर्वाचन मण्डलमा पाँच जना सदस्य रहेका थिए ।
हङकङ घेदुङको अध्यक्षभएसँगै घिसिङले हङकङमा विभिन्न पेशा व्यवसाय गर्दै आएका आम तामाङ जातिलाई साझा घर ‘घेदुङ’ मा ल्याउने बताएको छ ।