एक सातादेखि सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ।

काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ।
यी सहरमा दुई दशमलव पाँच माइक्रोनका वायुको स्तर ६० पीपीएम पार्ट पर मिलियन भन्दा माथि काटेको छ। यो वायु २४ सै घण्टा श्वासप्रश्वासका लागि योग्य होइन।
श्वासप्रश्वासका लागि वायुको गुणस्तर सरकारले ४० पीपीएम तोकेको छ। तर सात दिनयता नेपालगन्जमा वायुको गुणस्तर शनिबार एक सय ४५ पीपीएमसम्म पुगेको छ।
यसअघि त्यहाँ एक सय ३८ पीपीएम पुगेको थियो। रत्नपार्कको स्टेसनले काठमाडौंमा ८८ देखि ९४ पीपीएम मापन गरेको छ। यो अति हानिकारक हो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
विश्व स्वास्थ्य संगठनले २५ पीपीएमसम्मको वायु मात्र श्वासप्रश्वासका लागि योग्य भनेको छ।
वायुको गुणस्तर खस्किए पनि सम्बन्धित निकायले नियन्त्रण र सावधानीका कार्यक्रम ल्याउन भने सकेको छैन।
गुणस्तर सुधारका लागि कार्यक्रम नरहेको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए। जाडो बढेसँगै वायु गुणस्तर खस्कने भएकाले सावधानी अपनाउन उनको सुझाव छ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर