कात्तिक २७, काठमाडौं : गुट उपगुटमा विभाजित नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा ईतरका नेताहरु एकजुट हुन थालेका छन् ।
सभापति देउवाले पार्टीलाई विधि र प्रक्रिया अनुसार सञ्चालन गर्न नसकेको भन्दै देउवा पक्ष इतरका नेताहरुले आलोचना गर्न थालेका छन् ।
विधि र प्रक्रियालाई वेवास्ता गर्दै सभापति देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गरेको भन्दै कांग्रेस भित्र किचलो शुरु भइरहेको बेला कांग्रेस नेतृ सुजाता कोइराला निवासमा कांग्रेसका भेला भै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका छन् ।
कोइराला निवासमा सोमबार भएको छलफलमा महामन्त्री डा। शसांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा। शेखर कोइराला, डा रामशरण महत, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीको उपस्थिति रहेको थियो ।
भेलामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पनि बोलाइएको थियो । सिटौला छठको कार्यक्रममा भाग लिन झापा जानु पर्ने भएकोले उपस्थित हुन सकेनन् । नेतृ सुजाता कोइरालाले आव्हान गरेको भेलामा उपस्थित नेताहरुले अब नियमित छलफल गरी सहमतिका साथ एकजुट भएर अघि बढ्ने सहमति गरेका थिए ।
डा शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए अनुसार सोमबारको भेलामा कांग्रेसको शसक्त भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद, विधान संशोधनको विषय र महासमिति बैठकमा प्रस्तुत गरिने एजेण्डाको बारेमा छलफल भएको थियो ।
साथै पार्टी, नेतृत्व र राष्ट्रिय राजनीतिमा पार्टीको स्थान समेत अत्यन्त कमजोर बन्दै गएको भन्दै शीर्ष नेताहरुले नियमित छलफल गरी अघि बढ्नु पर्ने धारणा राखेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर