ट्रयाक्टरमा मान्छे ओसार्न प्रतिबन्ध

गाईघाट , कार्तिक २६ : उदयपुर प्रहरीले ट्र्याक्टरमा मान्छे चढाएर ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको छ।

तिहार समाप्त हुनेबितिकै ट्र्याक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे चढाएर ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको हाे।

यसै क्रममा आज बिहान प्रहरीले जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मानिस बोकेर हिँडेको एक दर्जन जति ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ।

यसैगरी जिल्लाको त्रियुगा नगरपालिका– २ भुल्केबाट तीन वटा ट्र्याक्टर, देउरी र बगाहा मोतिगडा क्षेत्रबाट सात वटा ट्र्याक्टर, पूर्वी क्षेत्रको बेल्टार बसाहा क्षेत्रबाट छ वटा र कटारी क्षेत्रबाट पनि पिकनिकका लागि मान्छे चढाएर सञ्चालन गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए।

अहिले गाईघाटलगायत जिल्लाको सबै क्षेत्रमा मान्छे बोकेर हिँड्ने ट्र्याक्टरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी गाईघाटका प्रमुख अमित कार्कीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन