साउदीले यमनमा अमेरिकी बम प्रयोग गर्नै जानेन : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हमला गर्दा साउदीले अमेरिकी बम प्रयोग गर्नै नजानेको उल्लेख गरेका छन् । आइतबार एक अन्तर्वाताका क्रममा उनले यस्तो बताएका हुन् । गत अगस्टमा साउदीले गरेको सो प्रहारमा एक स्कुलबसमा बिस्फोटन भएपछि ५१ मध्ये ४० बालबालिकाले ज्यान गुमाएका थिए । 

यसै घटनालाई व्याख्या गर्दै ट्रम्पले त्यसलाई ‘हरर शो’ बताएका हुन् । साथै उनले हमलामा प्रयोग भएको हाियतर अमेरिकामा निर्मित भएपनि त्यसमा अमेरिकी अधिकारीको कुनै संलग्नता नरहेको भने स्पष्ट पारेका हुन् । उनले भने, ‘हामी त्यस्तो जथाभावी काम कहिल्यै गर्दैनौँ । हामीसँग भएका मान्छे आफ्ना काममा विश्वकै उत्कृष्ट मानिन्छन् ।  त्यसकारण यस्तो भयङ्कर गलती हतियार चलाउन नजान्नेले मात्र गर्न सक्छ ।’

यसअघि अमेरिकाले संयुक्त राष्ट्रद्वारा आयोजित राजनीतिक छलफलमा पनि यमनमा जारी युद्ध अन्त्य गर्न पहल गरेको थियो । यमनलाई युद्धभूमीका रुपमा प्रयोग गर्दै ईरान र साउदीले एकअर्कामाथि हमला गर्न थालेपछि अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले दुवै पक्षलाई तीस दिनभित्र सबै काममा टुङ्गो लगाउन भनेका थिए । यमन युद्धमा २०१५ देखि हालसम्म १० हजार मानिसले ज्यान गुमाइसकेका छन् जसमा अमेरिकाको भूमिकालाई पनि प्रमुख मानिदै आएको छ । यसअघि पनि साउदीलाई अरबौँ डलर बराबरका हतियार विक्री गरि लडाईँमा साथ दिएको आरोपमा अमेरिकी प्रशासनको कडा आलोचना भएको थियो । यस्तोमा सो दुर्घटनाका लागि अमेरिकालाई पनि दोषी ठहर गरिएको हो । तर यसको बचाउ गर्दै ट्रम्पले भने, ‘हामीले साउदीसँग धेरै विषयमा कुरा गर्नुछ किनकी निश्चित रुपमा हामी पनि हाम्रो हतियारको प्रयोग बालबालिकाको स्कुलबसमाथि भएको हेर्न चाहदैनौँ । ’

यमनमा जारी यस प्रकारका लडाईँले त्यहाँका २ करोड बढी जनसङ्ख्यालाई विदेशी सहयोगको भरमा बाँच्न बाध्य बनाएको छ भने ८० लाख भन्दा बढी भोकमरीको जोखिमा रहेका छन् । यसबारेमा बोल्दै ट्रम्पले पनि त्यहाँको स्थिति ज्यादै दुःखदायी रहेको र सो ठाउँ अहिले पृथ्वीकै भयानक भएको उल्लेख गरेका हुन् । अगस्टको यसै घटनापछि अमेरिका र साउदीबीच विभिन्न समस्या आएको थियो । त्यसैमाथि अमेरिकास्थित साउदी पत्रकार जमल खासोग्जीको अपहरण र हत्याको घटनाले दुईबीचको सम्बन्धलाई थप संकटमा पारिदिएको फक्स न्युजले जनाएको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन