संसद सचिवालयभित्र चितुवा पसेपछि हंगामा भएको छ । चितुवालाई बाहिर निकाल्न १ सय जनाको टिम परिचालन गरिएको बताइएको छ । भारतको गुजरात राज्यको विधानसभा सचिवालयमा गएराती चितुवा पसेको हो । चितुवा राती १ बजेर ५३ मिनेटको समयमा सचिवालयभित्र पसेको सिसिटिभी फुटेजमा देखिएको छ ।
चितुवालाई बाहिर निकाल्न वन विभागका कर्मचारी, सुरक्षाकर्मी र विशेषज्ञ गरी १ सय जनाको टिम परिचालन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । सचिवालयलाई बन्द गरिएको छ । मध्यरातमा सचिवालयको गेटमुनिको साँघुरो भागबाट चितुवा भित्र पसेको सिसिटिभी फुटेजमा देखिन्छ ।
गेटको मुनिपट्टी साँघुरो ठाउँ भए पनि चितुवाको शरीर लचकदार हुने हुँदा सजिलै भित्र पसेको देखिएको छ । सचिवालयको गेट नम्बर ७ बाट चितुवा भित्र पसेको थियो । यो षेत्र सुरक्षाको दृष्टिले पनि गम्भीर मानिन्छ । जन विभागका अधिकारी राजीव कुमारले चितुवालाई छिटै समातेर जंगलमा छोडिने विश्वास दिलाएका छन् । हेर्नुहोस् भिडियो :-
९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
“अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा
८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत