तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ। तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरेका हुन्।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र स्थापितबीच भनाभन भएको थियो। मन्त्रिपरिषद बैठकमै मुख्यमन्त्रीलाई अपशब्द गरेको आरोप स्थापितमाथि लागेको थियो।
आफूलाई अभद्र व्यवहार गरेपछि सो विषयमा जानकारी गराउन मुख्यमन्त्री पौडेल बिहीबार काठमाडौं आएका थिए। मुख्यमन्त्री पौडेलले शुक्रबार विहान प्रधानमन्त्री केपी ओलीसँग अस्पतालमा नै भेट गरेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री पौडेलले संधिवानको धारा १६९ को उपधारा २ को खण्ड (ख) अनुसार स्थापितलाई बर्खास्त गरी स्थापितले सम्हालेको मन्त्रालयको जिम्मेवारी आफैंले लिएका छन्।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री पौडेलले स्थापितले सम्हालेको मन्त्रालयको कामको गति सुस्त भएको र कार्यशैली ठिक नभएको बताएपछि आक्रोशित भएका स्थापितले मुख्यमन्त्री पौडेललाई बैठकमा नै अपशब्द प्रयोग गरेको आरोप लागेको थियो।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि