राष्ट्रिय परिचय पत्र छपाइ सुरु, तीन चरणमा वितरण गर्ने योजना

सरकारले राष्ट्रिय परिचय पत्र छपाइको काम सुरु गरेकाे छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहीबारदेखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको हो। गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालय भित्र राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गरिएको हो।

पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरी १ लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छपाईको काम गरिने छ। तीन बर्षमा मुलुकभर राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्यसहित केन्द्रले चालु आर्थिक वर्षमा १५, अर्को वर्ष २५ र तेश्रो वर्षमा २६ जिल्लामा वितरण गर्ने कार्यतालिक तय गरेको छ । पहिलो चरणमा छापिएको राष्ट्रिय परिचय पत्र वितरण यसै महिनामा गरिने लक्ष्य पनि केन्द्रले लिएको छ। 

पाँचथरमा भरिएको नागरिकको विवरणलाई केन्द्रको सिस्टमले लिएर भेरिफाई गरेपछि कार्ड छापिने भएपनि वितरणको समयमा पनि नागरिकको बायोमेट्रिक परीक्षण गरी वितरण गरिन्छ। नेपालको संविधानको धारा ५१ मा राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणालीको स्थापना गरिने छ भन्ने उल्लेख छ।

सोही व्यवस्था अनुसार राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र स्थापना गरी सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्नका लागि छपाइको काम सुरु गरेको हो। नागरिकको तथ्याङ्क संकलनका लागि केन्द्रले पाँचथर जिल्ला प्रशासन कार्यालयमा फिक्स स्टेशन र वडा वडामा मोबाईल स्टेशन खडा गरेको छ।

वडा वडामा परिचालन भएका २० वटा टोलीले संकल गरी पठाएको विवरण सिंहदरबारस्थित सेन्टर सर्भरमा आएपछि केन्द्रीय अधिकारीले परीक्षण गरि कार्डमा भरिने विवरणलाई अन्तिम टुंगो लगाउँछन्। त्यसपछि पुन जिल्ला स्थित नागरिकको बायोमेट्रिक परीक्षण पश्चात मात्रै कार्ड वितरण गर्ने गरिन्छ। 

तीन वर्ष भित्र सबैलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने लक्ष्य लिएको केन्द्रसँग अहिले प्रतिघण्टा ५ सय कार्ड छपाई गर्न सक्ने क्षमताको एउटा मात्रै मेसिन छ। निर्धारित समय भित्रै कार्ड वितरण गर्नका लागि कम्तिमा प्रतिघण्टा ४ हजार कार्ड छाप्न सक्ने मेसिन १८ घण्टा संचालन गर्नुपर्ने भएकाले मेसिनको क्षमता अभिवृद्धि तर्फ लाग्नुपर्ने आवश्यकता रहेको राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिपक काफ्लेले बताए। २०६७ सालमा सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्ने बताएपनि अहिलेसम्म हुन सकेको छैन। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद