संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी गरेको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न मन्त्रालयलाई सजिलो होस् भनेर यस्तो तयारी गर्न लागिएको हो ।
‘मन्त्रालयमै नै हेल्प डेस्क राखेपछि समिति र मन्त्रालयबीचको समन्वय राम्रो हुन्छ भन्ने हाम्रो बुझाइ हो’, प्रवक्ता पाण्डेले भने, ‘यसबारे आन्तरिक तयारी भइरहेको छ, अब समितिका बैठक बस्न थालेपछि यसबारे थप छलफल गर्छौं ।’ पाण्डेले मन्त्रालयमै हेल्प डेस्क राखिसकेपछि समितिको निर्देशन कार्यान्वयनका लागि खबरदारी गर्न र आवश्यक परामर्श लिन सजिलो हुने दावी गरे ।
समितिले दिएका निर्देशन मन्त्री, मन्त्रालय र सरोकारवाला निकायले बेवास्ता गरिरहेका बेला सचिवालयले यस्तो सोच बनाएको हो । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सचिव वंशीराज पौडेलले समितिले दिएका धेरैवटा निर्देशन अलमलमा परेको बताए । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर