निर्मला हत्या प्रकरण: थप ४ जनाको डीएनए परीक्षणका लागि काठमाण्डौँ पठाईयो

निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मङगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ ।

अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए ।

नमूना संकलन गरिएका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । ‘लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा आएका ४ जनाको नमूना संकलन गरिएको छ, उक्त नमूना आज नै परिक्षणका लागि काठमाडौँ पठाएका छौँ, ।’ डीएसपी ओझाले भने । घटनास्थल आसपासका खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरूमाथि प्रहरीले डीएनए परीक्षण गर्न थालिएको छ ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक सय बढीको नमूना संकलन हुन सक्ने जनाएको छ । प्रहरीसँग अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई अनुसन्धानको आधार बनाएको हो । यसअघि पनि ५ जनाको नमूना परीक्षण भइसकेको छ । प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलिप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडु, तत्कालिन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीनपाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश विष्टको नमुना परीक्षण गरेको थियो ।

गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना घटेको तीन महिना भन्दा बढि समय भइसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए पनि प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै बनेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर