दशैँको मुखैमा ४० हजार भन्दाबढी नेपाली युवा विदेशिएका छन्। अघिल्लो वर्ष दशैँको बेलामा नै अन्तिम श्रम स्वीकृति लिएर विदेशिनेको संख्या २४ हजारको हाराहरीमा मात्रै थियो। नेपाली युवा विदेशिनु पर्ने बाध्यता नै भएपछि दशैँलाई भन्दाबढी रोजागारीलाई प्राथमिकतामा राखेर युवा दशैँको बेला पनि ठूलै संख्यामा विदेशिने गरेका छन्। असोज महिनामा मात्रै वैदेशिक रोजगारीको लागि ४२ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगार विभागबाट अन्तिम श्रमस्वीकृत लिएर विदेशिएको तथ्यांक छ।
नेपालीको महान् चाड दशैँको मुखैमा चाड मनाउने रहर हुँदाहुँदै पनि बाध्यकारी वैदेशिक रोजगारको यात्रामा यत्तिका ठूलो संख्यामा युवाहरु विदेशिन बाध्य छन् । गत भदौ महिनामा अन्तिम श्रम स्वीकृति लिएर विदेशिनेको संख्या भने ३० हजारको हाराहारीमा मात्रै थियो। तर, गत महिनाको तुलनामा असोज महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढी रहेको विभागको तथ्यांकले देखाएको छ।
विदेशिने मध्ये ३९ हजार ७ सय ६६ जना पुरुष र २ हजार ७ सय ३७ महिला छन् । विभागको तथ्यांक अनुसार कतार, साउदी, युएई, कुवेत, ओमान, जापान, पोल्याण्ड, जोर्डन, इजरायल, अफगानिस्तान लगायतका मुलुकमा नेपाली कामदार रोजगारीका लागि आर्कषित देखिन्छन्।
२१ हजार ९ सय १६ जना पुरुष र १ हजार ६ सय ९४ महिला गरि जम्मा २३ हजार ६ सय १० जना अदक्ष नेपाली कामदार विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ । यसरी अदक्ष केही सिप नभएका र राम्रोलेखपढ समेत गर्न नजान्ने नेपाली कामदारहरु विदेशिँदा भनेजस्तो काम नपाउने कामपाएपनि परिश्रम गरेजति पारिश्रमिक नपाउने तथा ठगिन सक्ने सम्भावना समेत बढी हुने विज्ञहरु बताउँछन् ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन