सेयर लगानीकर्ताले थप ५० लाख कित्ता सेयर किनबेच गर्न पाउने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन कम्पनीका ५० लाख २ हजार ३ सय ६१ दशमलव १२ बोनस र हकप्रद सेयर सूचीकृत भएका हुन् ।
नेप्सेमा अनुसार बुधबार सुर्या लाइफ इन्स्योरेन्सको १२ लाख १२ हजार ७ सय ५० कित्ता बोनस, पोखरा फाइनान्सको ६ लाख २२ हजार ९ सय ३३ दशमलव ४९ कित्ता बोनस तथा प्रभु इन्स्योरेन्सको ३१ लाख ६६ हजार ६ सय ७७ दशमलव ६३ कित्ता हकप्रद सेयर सूचीकृत भएका हुन् ।
यसैबीच बुधबार थप एक कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । वार्षिक नवीकरण शुल्क बुझाएपछि नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको कारोबार सुचारु गरेको हो । गत आइतबार उक्त कम्पनीसहित २६ वटा कम्पनीको कारोबार रोक्का गरिएको थियो ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको