बीबीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनमाथि दबाव दिन अमेरिकाले परमाणु हतियार बलियो बनाउने चेतावनी दिएका छन्।पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रुसले १९८७ को इन्टरमिडिएट रेन्ज न्यूक्लियर फर्सेज (आईएनएफ) सन्धिको उल्लघंन गरेको आरोप लगाए। ट्रम्पले यसअघि उक्त सन्धिबाट अगल हुने बताएका थिए। तर रुसले भने ट्रम्पको आरोपको खण्डन गर्दै आएको छ।
शीत युद्धका बेलाको यो सन्धिले मध्यम दूरीको मिसाइल बनाउन प्रतिबन्ध लगाउँछ। यो सन्धिलाई युरोपका देशमाथि सोभियत संघको खतरा कम गर्न लागू गरिएको थियो। उता रुसले पनि यदि अमेरिकाले परमाणु हतियार बनाएको खण्डमा आफूले पनि त्यसको जवाफ स्वरुप परमाणु हतियारब बनाउने धम्की दिएको छ।
चेतावनीको भाषामा ट्रम्पले भनेका छन, ‘मानिसहरुलाई होश नआएसम्म अमेरिकाले परमाणु हतियार बनाउँछ।’ शीय युद्धको अन्तिम समयमा अमेरिकी राष्ट्रपति रोनल्ड रेगन र अन्तिम सोभियत नेता मिखाइल गोर्बाचोफले आईएनएफ सन्धिमा हस्ताक्षरगरेका थिए।
यो सन्धिमार्फत जमिनबाट मार हान्ने ५०० देखि ५,५०० किलोमिटरको रेन्ज भएको मध्यम दूरीको मिसाइलको निर्माण गर्न प्रतिबन्ध लगाइएको छ। यो प्रतिबन्धमा परमाणु र पारम्परिक दुवै प्रकारका मिसाइल शामेल छन्। आइतबार यो सन्धिमा हस्ताक्षर गर्ने मिखाइल गोर्भाचोफले भनेका थिए–अमेरिका यो सन्धिबाट पछि हट्नु भनेको परमाणु हतियारलाई समाप्त पार्ने कोशिशबाट पछि हट्नु हो।’
अमेरिकाले रुसले मध्यम दूरीको नोभाटोर ९ एम ७२९ मिसाइल बनाएर यो सम्झौतालाई उल्लघंन गरेको आरोप लगाउँदै आएको छ। रुस निकै सकम समयमा यो मिसाइलबाट नेटो देशमा आक्रमण गर्न सक्षम भएको छ। तर रुसले भने आफूले मिसाइल बनाएर कुनै पनि सन्धि उल्लघंन गरेको मान्न तयार छैन।
जर्मनीको विदेशमन्त्रीले ट्रम्पले उक्त सन्धिबाट पछि हट्ने भन्दै दिएको अभिव्यक्ति खेदजनक भएको बताएका छन्। उनले यो सम्झौतालाई युरोपकालागि महत्वपूर्ण भएको बताएका छन्।
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको
“अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने