इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो ।
मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान २ः३० बजे भएको थियो । रासस
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि