निर्मला हत्याकाण्ड प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला हत्या प्रकरणमा आफू निर्दोष हुँदाहुँदै अनाहकमा मानसिक यातना दिइएको दुखेसो गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् । पत्रमा किरणले आफू निर्दोष रहेको र निर्मलाले न्याय पाउनुपर्ने पक्षमा रहेको पनि बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा ‘सञ्चारमाध्यमले पनि कतिपय अवस्थामा अपुष्ट खबर लेखिदिँदा आफ्नो चरित्रहत्या हुन पुगेको’ उल्लेख गरेका छन् ।
उनले पत्रमा भनेका छन्, “निर्मला पन्त बैनीलाई न्याय दिलाउनका लागि अनुसन्धान कार्यमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको छ तर सहयोग गर्दागर्दै पनि केही व्यक्तिले सुनियोजित रुपमा मलाई र मेरो परिवारलाई गम्भीर तनाव र पीडा हुने गरी चरित्र हत्या गर्ने कार्य भइरहेकाले एउटा निर्दोष नागरिकलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार यो देशमा छ भने मलाई अनाहकमा सामाजिक सञ्जालबाट यस्तो मानसिक यातना किन ?”
गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ की निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अझै हत्यारा पहिचान हुन सकेको छैन ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद