नेकपाका दुई विद्यार्थी संगठनले आईजीपी खनाललाई बर्खास्त गर्न बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

maag
असोज १८, काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले नेपाल प्रहरीका प्रमुख, आइजिपी सर्वेन्द्र खनाललाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

अखिल र अखिल क्रान्तिकारीका नेताहरुले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ज्ञापन पत्र बुझाउँदै जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउनु पर्नेमा त्यसमा असक्षम रहेकाले आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

आफूहरुले पछिल्लो समय बढ्दै गएको बलात्कार तथा एसिड आक्रमणसहितका हिंसा र दोषी पत्ता लगाउन भइरहेको ढिलाई बारे गृह मन्त्री बादललाई सचेत गराउँदै सात बुँदे ज्ञापन पत्र बुझाएको अखिलका नेता आरसी लामिछानेले बताए ।

ज्ञापन पत्रमा निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न भएका सबैलाई तत्काल कारवाहीको दायरामा ल्याउन पनि माग गरिएको छ । यस्तै छानबिन समितिको निष्कर्ष सार्वजनिक गर्न पनि माग गरिएको लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न