धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ७६ बिन्दुले घटेर एक हजार २३० दशमलब ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३९ बिन्दुले घटेर २६१ दशमलब १ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत आज घटेको छ । कूल १६५ कम्पनीको १४ लाख ३६ हजार ५१२ कित्ता शेयर रु ३७ करोड ४० लाख ४९ हजार ८७५ मूल्यमा खरीद बिक्री भएको छ ।
स्टकका अनुसार कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर भने बढेको छ । बाँकी रहेका नौ उपसमूहको भने शेयर घटेको छ । व्यापार ४ दशमलब २२ र होटल ५ दशमलब ५६ बिन्दुले बढ्दा बैंकिङ १० दशमलब १२, विकास बैंक ११ दशमलब ५२, जलविद्युत् १५ दशमलब १४, वित्त ३ दशमलब ३३, निर्जीवन बीमा ५१ दशमलब ३८, उत्पादन ६ दशमलब ५२, अन्य ८ दशमलब ७५, माइक्रोफाइनान्स ९ दशमलब ७५ र जीवन बीमा ३७ दशमलब ४५ बिन्दुले घटेको छ । रासस
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको