खुर्शिद हत्याकाण्ड : साईलेन्सर र लेजर जडित अटोमेटिक पेस्तोलबाट ‘फायर’

 

 इटहरी । निकै ‘महत्वपूर्ण र सिक्रेट’ अपरेशनमा मात्र प्रयोग गरिने साईलेन्सर जडित पेस्तोलबाट सुनसरीका खुर्शिद आलममाथि गोली प्रहार गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।  आलमलाई साईलेन्सर (सुप्रेसेसर) र लेजर लाईट जडित सेमी अटोमेटिक पेस्तोलबाट ३ राउण्ड गोली प्रहार गरिएको थियो । गोली आलमको टाँउको र कोखामा लागेको थियो । एक राउण्ड भने ‘मिस फायर’ भएको थियो ।

नेपाल भारतको सिमामा पर्ने सुनसरीको रामनगर भुटाहमा आलमले नै संञ्चालन गर्ने रैर्यान नेशनल स्कुल नजिक घर जाने क्रममा मोटरसाईलले छेकेर गोली हानिएको थियो । स्थानिय अमिन अन्सारीले चलाएको बाईक पछाडी आलम बसेका थिए । आलम सवार बाईकलाई अगाडी र पछाडीबाट सुटर समुहको छेकेर गोली फायर गरेका थिए । गोली प्रहार गर्दा अमिनले सानो आवाजले फ्याट् फ्याट् गरेको मात्र आवाज सुने । त्यस बेलासम्म पछाडी रहेका आलम बाईकबाट ढलेर भुईमा खसिकेका थिए ।

आलम ढलेपछि मात्र अमिनलाई गोली चलेको चाल पाए । उनि भन्छन् ‘गोली चल्दा आउने आवाज भन्दा निकै कम आवाज आएको थियो’ । ‘टाँउको र कोखाबाट रगत बगेपछि मात्र म भाग्न खोजे, मलाई खुट्टामा ताकेर गोली हानियो तर मिस भयो’ । गोली पल्सर बाईक पछाडी बस्नेले हानेको उनले बताए । ‘क्याप टोली र रुमालले उनिहरुको मुख छोपिएको थियो’ । अन्सारीका अनुसार आलमलाई योजनाबद्ध रुपमा गोली प्रहार गर्न ४ जनाको समुह बाईकबाटै भारतिय क्षेत्र भागेका थिए । जसमा भारतिय नंम्बरको एउटा कालो पल्सर र एउटा अपाचे बाईक प्रयोग भएको उनले बताए ।

आलमलाई ९ एमएमको गोली हानिएको प्रहरी स्रोतले बताएको छ । तर कुन पेस्तोल प्रयोग गरिएको थियो भन्ने कुरा ‘फोरेन्सिक ल्याब’ बाट पत्ता लाग्ने बताइएको छ । घटनास्थलबाट हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले पनि ९ एमएम गोलीको एक थान खोका (केसिङ) बरामद गरि अनुसन्धानमा खटिएका प्रहरीलाई बुझाएका छन् । अहिले घटनाको एसएसपी किशोर दाहाल नेतृत्वको छानबिन समिति र सिआईबीको टोलीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार आलमलाई लेजर र साईलेन्सर (सुप्रेसेसर) जडित अटोमेटिक पेस्तोलबाट फायर गरिएको पुष्टि गरे । घटनापछिका प्रत्यक्षदर्शी र घाइते प्रहरीको आधारमा सुटर समुहसँग गोलीको आवाज कम गर्ने साईलेन्सर जडित पेस्तोल भएको उनले बताएका छन् ।

साईलेन्सर गोलीको आवाजलाई कम गराउने आधुनिक प्रबिधि हो । नेपालमा यसको प्रयोग सेनाले कमै मात्रमा प्रयोग गर्छ । यसको प्रयोग बिशेष (इनडोर) अपरेशनमा ल्याईन्छ, जसले गर्दा  ‘सुटआउट’ भए दुस्मनले गोली चलेको चाल नै पाउदैनन्।  ति प्रहरी अधिकृत भन्छन् ‘आलम रगतम्य भएर ढलेपछि मात्र स्थानियहरुले थाहा पाएका हुन’ । ‘अन्य पेस्तोल भन्दा साईलेन्सर जडित पेस्तोलको आवाज धेरै कम हुन्छ । घाइते प्रहरीलाई पनि सोही पेस्तोलले गोली हानिएको थियो’ । घटना पछि सुटर समुहलाई छेक्ने क्रममा पनि केही राउण्ड हवाई फायर गरिएको प्रत्यक्षदर्शीको भनाई छ ।

‘गोली हान्ने समुह शतप्रतिशत प्रोफेसनल हुन, उनिहरुले बाईक चलाउदा एकअर्काेलाई ब्यालेन्समा राख्न कम्मरमा बेल्ट समेत प्रयोग गरेका थिए’ । अनुसन्धान क्षेत्रमा अब्बल ति प्रहरी अधिकृतले भने ‘उनिहरुले प्रयोग गरेको बेल्ट र बाईकको संरचना अचंम्मको छ’ ।  ‘भुटाहदेखी सिमासम्म कच्ची र खाल्डा खुल्डी बाटो छ । बाईक चलाउदा यस्तो ठाँउमा असजिलो हुन्छ, त्यस कारण बाईकमा सबार दुवैजनालाई ब्यालेन्समा राख्न उनिहरुले एकअर्काेलाई बेल्टले बाधेका हुन’ । साथै उनिहरुले प्रयोग गरेको बाईक समेत ‘मोडिफाई’ गरिएको प्रत्यक्षदर्शीको आधारमा खुलेको छ ।

सुटर समुहले त्यस्तो कच्ची र खाल्डा खुल्डीमा पनि सहज रुपमा बाईक चलाएर भागेका थिए । भुटाहाबाट गोली हानेर भागेका सुटरहरुलाई बसन्तपुरका वडाध्यक्ष अताबुल मियाले बुलेट मोटरसाईकलबाट हल्ला गर्दै पछ्याउँदा समेत उनले भेटन सकेनन् । गोली हानिएको ठाँउदेखि सिमा कट्न उनिहरुलाई करिब ३० मिनेट समय लागेको स्थानिय रैमन मियाँको अनुमान छ । ९ किलोमिटरको दुरुमा नेपाल भारतको सिमा कटेर उनिहरु सहजै फरार भएको उनले बताए ।

अचुक निशाना

५१ बर्षिय खुर्शिद आलमलाई हानिएको गोलीको आधारमा पनि सुटरले उनलाई मार्ने हिसाबले नै गोली चलाएको प्रहरीको भनाई छ । ‘पहिलो गोली आलमको टाँउकोमा हानिएको छ, त्यसपछि कोखामा’ । टाँउको र कोखामा हानिएको गोलीले मान्छेको मृत्यु प्राय निश्चित हुन्छ । तेस्रो गोली आलम सबार बाईक चालक अमिनलाई भाग्नबाट रोक्न खुट्टामा हानिएको हुन सक्छ अनुसन्धान गरिरहेका ति प्रहरी अधिकृतले भने ।
लेजर जडित पेस्तोल भएका कारण पनि गोली सहि नाशानामा लागेको देखिन्छ । ‘हामीले एक घरको सिसिटिभी क्यामेरामा कैद भएको फुटेज लिएका छौ, त्यसमा पनि उनिहरु भाग्दै गर्दा पछाडी बस्नेको हातमा दुईवटा साईलेन्सर र लेजर जडित पेस्तोल देखिएको छ’ ।

घाइते बनाउने हिसाबले प्रहरीलाई गोली प्रहार

रामनगर भुटाह चौकीका प्रहरी जवान शिवलाल पौडेलमाथि भारतिय सुटर समुहले हानिएको गोली घाईते बनाउन कै लागि हानिएको हुनसक्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको अनुमान छ । आलमलाई गोली हानिएको सुचना पाउन साथ चौकीमा भएको थ्रिनटथ्रि राइफल लिएर बाहिर बाटोमा निस्कनसाथ सुटर र पौडेल बिच जम्काभेट भएको थियो ।  तर उनले आफुसँग भएको राईफलबाट गोली चलाउन नपाउदै बाईक पछाडी रहेका एक सुटरले उनको कम्मर र तिग्रामा दुई गोली हानेका थिए । बर्दीमा रहेका ति प्रहरी जवानलाई मार्ने भन्दा पनि घाइते बनाउने हिसाबले गोली हानिएको हुन सक्छ ति प्रहरीले भने । ‘सुटरले चाहेको भए आलम जस्तो ति प्रहरी जवानलाई छाती या टाँउकोमा गोली हान्न सक्थे तर उनिहरुले त्यो गरेनन्, सायद घाइते बनाएर भाग्ने रणनिति हुनसक्छ’ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न