
तम्घास, ९ असोज । भदौ एक गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनको फाइदा उठाउँदै जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्न आउने पुरुषको सङ्ख्या ह्वात्तै बढेको छ ।नयाँ मुलुकी संहिता लागू भएको १५ दिनसम्म जिल्ला अदालत गुल्मीमा सम्बन्धविच्छेद गर्ने महिला पुरुषको प्रतिस्पर्धा देखिएको थियो तर पछिल्लो १५ दिनमा महिलाभन्दा सात जना बढी पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत गुल्मीमा मुद्दा दर्ता
गराएका छन् । ऐन लागू भएदेखि १ असोजसम्म ३३सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार दुर्गा बस्यालले बताउनुभयो । त्यसमा १३ महिला र २० पुरुषका छन् ।
एकै दिनमा तीन पुरुष अदातल
नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्धविच्छेद गर्न पाउने थाहा पाएपछि अदालत गुल्मीमा एकै दिन तीन पुरुषले समेत मुद्दा दर्ता गरेका छन् ।
ऐन लागू भएपछि ७ भदौमा पहिलो पटक छत्रकोट गाउँपालिका ६ का लक्ष्मण ज्ञवाली, इस्मा गाउँपालिका ५ का शोभाखर पन्थ र रेनपा ४ का राजेन्द्रबहादुर खत्रीले एकैदिन पत्नीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता भयो ।
त्यस्तै १३ भदौमा एकैदिन धुर्कोट गाउँपालिका १ का बाबुराम थापा र रेसुङ्गा नगरपालिका १३ का हरिबहादुर खत्रीको सम्बन्धविच्छेदको मुद्दा दर्ता भयो । जिल्ला अदालत गुल्मीमा नयाँ मुलुकी ऐन लागू भएकै दिन भदौ १ मा एक महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनुभयो । जिल्ला अदालतमा आएका सम्बन्धविच्छेदका मुद्दाको प्रकृति हेर्दा प्रमुख कारण वैदेशिक रोजगारपछिको पारिवारिक विचलन रहेको छ ।
महिलाहरूले दर्ता गरेका मुद्दामा कारण खान लगाउन नदिएको, गालीगलौज गर्ने र कुटपिट गरेको, पारिवारिक संरक्षण नभएको लगायतका छन् । अहिले अधिकांश पुरुषले श्रीमतीले घर व्यवहार चलाउन नसकेको, पैसा हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको र आफूलाई अनावश्यक मानसिक तनाव दिएको लगायतका कारण देखाउँदै सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको श्रेस्तेदार दुर्गा बस्यालले बताउनुभयो ।
यी सबैको गहिराइमा कारण वैदेशिक रोजगार रहेको उनले बताए । यसअघिका समग्र सम्बन्धविच्छेदको कारण भने पति विदेश पत्नी अर्कैसँग हिँड्ने, कम उमेरमा विवाह, मदिरा सेवन, सामाजिक सञ्जालको दुरुपयोग लगायतका रहेका छन् ।
अहिलेसम्म सम्बन्धविच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भए पनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानुनी व्यवस्था थिएन । एक भदौबाट लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुला गरेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार बस्यालले जानकारी दिनुभयो । जसका कारण अहिले जिल्ला अदालत तम्घासमा सम्बन्धविच्छेदका लागि पुरुष पुग्न थालेका छन् ।
अहिलेकै अवस्था रहे आउने छ महिनामा सम्बन्धविच्छेदको सङ्ख्या धेरै माथि पुग्ने कानुन व्यवसायी बताउँछन् । पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले खाना लगाउन नदिई घर निकाला गरेमा, अङ्गभङ्ग हुने कुनै मानसिक वा शारीरिक कष्ट हुने किसिमको कुनै काम वा प्रपञ्च गरेमा र पत्नीले परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्धविच्छेद गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
गुल्मीमा आर्थिक वर्ष ०७४÷०७५ मा १४७ वटा सम्बन्धविच्छेदका मुद्दा जिल्ला अदालत गुल्मीमा दर्ता भएका थिए । जसमा १२८ मुद्दा फस्र्योट भएका छन् । १९ जना मुद्दा प्रक्रियामै रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ ।
साथै आर्थिक वर्ष ०७४÷०७५ मा जबर्जस्ती करणीका १७ मुद्दा दर्ता भएका छन् । जसमा एउटा हाडनाता करणीसमेत रहेको छ । १७ मुद्दामा नौ वटा फस्र्योट भएको जिल्ला अदालतका सूचना अधिकारीसमेत रहेका श्रेस्तेदार दुर्गा बस्यालले बताउनुभयो ।
आठवटा मुद्दा प्रक्रियामा रहेको अदालतले जनाएको छ । त्यस्तै अंशसम्बन्धी ५१, नाता कायमका १६, बहुविवाहका नौ बालविवाह दुई र मानाचामलका ३५ मुद्दा दर्ता भएका थिए । त्यस्तै सामाजिक अपराधका ५०, जालसाजीका १४, ज्यान मुद्दा ११, गाली बेइज्जतीका १३ र चोरीका चार मुद्दा दर्ता भएका थिए ।
अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट
जिल्ला अदालत गुल्मीले लक्ष्यभन्दा ५.५० प्रतिशत बढी मुद्दा फस्र्योट गरेको छ । आर्थिक ०७४÷०७५ मा जिम्मेवारी सरेका ८९ र नयाँ दर्ता भएका तीन सय ११ मुद्दा फस्र्योट भएका छन् । अघिल्लो वर्षको ८९, यो वर्ष दर्ता हुने अनुमान गरिएको तीन सय ३१ गरी ४२० मुद्दामा ७० प्रतिशत अर्थात् २९४ मुद्दा फस्र्योट गर्ने लक्ष्य अदालतको थियो । जसमा अनुमानभन्दा २० वटा मुद्दा कम दर्ता भएका थिए ।
त्यसैले जम्मा ४२० मुद्दामा अदालतले चार सयमा ३०२ अर्थात् ७५.५० प्रतिशत मुद्दा फस्र्योट गरेको अदालतका श्रेस्तेदार बस्यालले जानकारी दिनुभयो । जिल्ला अदालतमा एक वर्षदेखि १८ महिनाभित्रका १८ वटा मुद्दा रहेका छन् ।
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ