दसैँका लागि टिकट बुकिङ शुरु भो

 

काठमाडौं, असोज ६ । दसैँको लागि अग्रिम टिकट बुकिङ भैरहेको सरकारले दावी गरेको छ । टिकट बुकिङ खोलेको पहिलो दिन हिजो काठमाडौंको नयाँ बसपार्कबाट १८ सय ९५ वटा टिकट बुकिङ भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

केही यातायात व्यवसायीले टिकट बुकिङ नखोले पनि दसैँका लागि अग्रिम टिकट बुकिङ सुरु भैसकेको सरकारले जनाएको छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार अहिले समितिसम्बद्ध थोरै र प्रालि सम्बन्ध सबै व्यवसायीले दसैँको लागि अग्रिम टिकट बुकिङ गरिरहेका छन् ।

सरकारले चैतमा सिन्डिकेट अन्त्यको घोषणा गरेपछि धेरै व्यवसायी प्रालिमा दर्ता भैसकेका छन् । प्रालि सम्बद्ध ११ सय ९ व्यवसायीका ४ हजारको हाराहारीमा गाडी रहेका विभागले जनाएको छ । अहिले पनि २ सय ४५ समिति छन् । समिति मार्फतका केही व्यवसायीले पनि हिजोदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुलाएका छन् ।

गोगंबु बसपार्कमा प्रालि र समितिका २४ वटा काउण्टर छन् । जसअन्तर्गत प्रालि सम्बद्ध व्यवसायीले टिकट बुकिङ सहज गरेका विभागले जनाएको छ ।
प्रवक्ता उपाध्यायका अनुसार समिति सम्बद्ध व्यवसायीले पनि छिट्टै टिकट बुकिङ खोल्नेछन् । यसअघि गएको भदौ ३१ गते विभाग र व्यवसायीबीच शुक्रबारदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको थियो ।

तर समिति सम्बद्ध व्यवसायीले सोमबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाउ नघटाएसम्म टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ । उनीहरुलाई सहमतिमा ल्याउन विभागले छलफल गरिरहेको छ ।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका