प्रकाण्डमाथि अदालतको उही आदेश, प्रहरीको उस्तै शैली

 

दाङ, भदौ २१ । पटक-पटक सर्बोच्चले छाड्न निर्देशन दिँदै पक्राउ पर्दै आएका नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता खड्गबहादुर विश्वकर्मालाई आज दाङ लगिने भएको छ । उनी विरुद्ध दाङमा मुद्दा परेको छ । त्यसका लागि ‘प्रकाण्ड’ लाई भोजपुरबाट प्रहरीले दाङ लैजाने भएको हो ।

प्रकाण्डलाई आजै जिल्ला अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय दाङले तयारी गरेको छ । बुधबार जिल्ला अदालत भोजपुरबाट ६० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै प्रहरीले पुनः उनलाई पक्राउ गरेको थियो ।

प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनको क्रममा तुलसीपुरमा बम बिष्पोटमा परी म्यादी प्रहरी अर्जुन चौधरीको मृत्यु भएको थियो । सोही घटनामा प्रकाण्डको नाममा उजुरी परेको छ ।

प्रकाण्ड बिरुद्ध भोजपुरमा तीन वटा मुद्दा दर्ता भएका र दुई मुद्दामा २५/२५ हजार र बाँकी एक मुद्दामा १० हजार धरौटीमा छाडिएको छ । प्रकाण्डलाई भोजपुरको प्रदेश ‘ख’ उम्मेदवार तथा पूर्बसञ्चारमत्री शेरधन राईलगायतको चुनाव प्रचार टोलीलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटमा सकेट बम बिष्फोटमा संलग्न भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता