तरकारीको मूल्य २० प्रतिशतले घट्यो

काठमाडौँ, ९ भदौ । बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ ।केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । किसानबाट उपभोक्तासम्म आइपुग्दा चार गुणासम्म मूल्य तिर्न बाध्य भएको भन्ने गुनासो आएपछि गत सोमबार बिहान ३ बजे अनुगमन टोली तरकारी बजार पुगेको थियो ।गत सोमबार बिहान अनुगमनका लागि खटिएको सरकारी टोलीले जानकारी नै नदिई अनुगमन गर्न आएको भन्दै तरकारी व्यवसायीले विरोध गरी केहीबेर मूल गेट बन्द गरी अनुगमनकर्तालाई थुनेका थिए । सोही दिन गरेको अनुगमनका क्रममा दुई तरकारी गाडीलाई कहाँबाट ल्याएको, कति मूल्यको हो, खरीद मूल्य कति र बिक्री मूल्य कति भनी अनुगमनकर्ताको प्रश्नमा व्यवसायीले उत्तर दिन नसकेपछि ती दुवै गाडीलाई नियन्त्रणमा लिइएको थियो ।

तरकारी गाडी नियन्त्रणमा लिएको भन्दै व्यवसायीहरुले नाराबाजी शुरु गरेका हुन् । एक जना व्यवसायीलाई पक्राउ पनि गरिएको थियो । व्यवसायीको नाराबाजीका कारण कालीमाटी बजार क्षेत्र तनावग्रस्त बनी सोमबारदेखि बुधबार बिहानसम्म खुल्न सकेको थिएन । सरकारले किसान र उपभोक्ताबीचकोे मूल्य कायम राख्न दबाब दिएपछि बुधबार दिउँसोदेखि खुलेको तरकारीको मूल्यमा कमी आएको विभागका अनुमगन अधिकृत ढुण्डिराज पोखरेलले जानकारी दिए ।यसअघि औपचारिक रुपमा अनुगमन गरे पनि प्रभावकारी हुन सकेको थिएन । यही भदौदेखि लागू भएको नयाँ कानूनले भने उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई कारवाही गर्न बाटो खोलिदिएकाले नियमबाहिर रहेको कोही पनि ओझेलमा नपर्ने विभागले दाबी गरेको छ । टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायतका जिल्लामा पुगेर किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे अनुसन्धान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न